जनता टाइम्स

१९ श्रावण २०८१, शनिबार १८:०२

महिला भलिबलमा भारतविरुद्ध नेपालको सनसनीपूर्ण जित


काठमाडौं, साउन १९ । नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित कबर्ड हलमा शनिबार भएको प्रतिस्पर्धामा ३–२ को सेटमा नेपालले भारतलाई हराएको हो । महिला भलिवलमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको हो । नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनललाई बिर्साउँदै यस पटक सफलता हात पारेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पनि भारतले अन्तिममा खेल जितेर नेपालबाट स्वर्णपदक खोसेको थियो । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो । यस लिगमा राउन्ड रोबिन लिग सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान रहेको छ ।