काठमाडौं, २२ साउन । भारत काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । भारतले आज सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ । यस्तै फाइनल खेल बुधबार अपराहन्न ५ बजेदेखि शुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्