काठमाडौं, ३२ साउन । राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई सरकारले जनही ३–३ लाख दिने भएको छ । सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३–३ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै मुख्य प्रशिक्षकलाई २ लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलाई जनही एक लाख २० हजार दिने निर्णय गरेको हो । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई सो पुरस्कार रकम दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्