जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार ११:३६

कांग्रेस नेता अफताव आलम पक्राउ, यस्तो छ कारण


रौतहट, असोज २६

नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उहालाई गएराति पक्राउ गरेको हो ।

२०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको बताइएको छ । संविधान सभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु समेत भएको थियो ।

आलम नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन् । उनलाई केही समयपछि सार्वजनिक गरिदैछ । उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गर्नुभयो । पक्राउ गरेसँगै प्रहरीले जिल्लामा सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा राखेको छ।