जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार १२:११

बाहिरियो नेकपाकै अर्का नेताको यौनकाण्ड, मापसेपछिको आठ मिनेट सम्वादले खोल्यो पोल


काठमाडौं, असोज २६ । एक महिलाले प्रश्न गरिन, ‘किन फोन काटेको ?’ पुरुषले जवाफ फर्काए, ‘छोरा आएको थियो वोलाउन, त्यसैले फोन काटेको के । घर नजिकैको होटलमा अलिअलि खाँदैछु ।’ फेरि महिलाले प्रश्न गर्छिन, ‘बुढी कता छन ? ती पुरुष जवाफ फर्काउँछन, ‘बुढी घरमै छिन ।’ फोन सम्वाद यत्तिमै रोकिदैन । झण्डै आठ मिनेट लामो अश्लिल फोन सम्वाद चलिरहँछ । यत्तिसम्मकी पैसादेखि सेक्सको सवै कुरा हुन्छ ।

यौनकाण्डपछि सभामुख पद गुमाएर प्रहरी हिरासतमा पुग्नुभएका कृष्णबहादुर महरापछि यस्तो यौनकाण्ड बाहिरिने अर्का सांसद पनि नेकपाकै हुन । जनताटाइम्सलाई प्राप्त अडियोअनुसार ती नेता र प्रेमिकाबीचको टेलिफोन सम्वाद अझै रोचक बन्दै जान्छ । प्रेमिका भनिएकी महिला भन्छिन, ‘रक्सी खाएको वेला मात्रै याद गर्ने ? माया त व्यवहारमा देखाउनु पर्यो । पुरुष जवाफ दिन्छन, ‘मेरो जीवनमा तिमीबाहेक अरु कोही छैन । तिमीसंग हुनुपर्ने सबै भइसकेको छ, अव फेरि कस्तो माया गर्ने ? फेरि महिला भन्छिन, माया भनेको त्यत्ति मात्रै हो र ?’

यो सम्वादपछि महिला अलिक बेखुसी देखिन्छन । भन्छिन, ‘म हजुरले बोलाएको बेला सँधै आउछु, हजुर आउनु हुन्न ।’ महिलाको गुनासो सान्त पार्दै पुरुष भन्छन, ‘हजुर जस्तो जहाजमा आइरहने पैसा मसित कहाँ छ ? फेरि आफै भन्छन, ल ल हजुर जैले भनिबक्सिन्छ, म आउछु ।’ ती महिलाले फेरि भन्छिन, म भोलि नै आउनु भन्छु । पुरुषको जवाफ हुन्छ, ‘ल ल टिकट पाए भोलि नै आउँछु ।’ ती पुरुषले ‘म साथीहरुसित छु भन्दै ती पुरुषले तिमीसित हुनुपर्ने सबै चिज गरिसकेको छु, अव कस्तो माया चाहियो ? भनेपछि महिला अरुको अघि आफ्नो पोल खोलेकोले होला रिसाएर फोन काट्छिन ।

यसरी अश्लिल हर्कत गर्ने अरु कोही नभएर सुदुरपश्चिम प्रदेशसभाका सांसद तथा नेकपाका कैलाली जिल्ला अध्यक्ष रतन थापा हुन । जनताटाइम्सलाई प्राप्त अडियो सम्वादअनुसार ती महिला थापाका नियमित सेक्स पार्टनर रहेको देखिन्छ । आर्थिक अवस्था निकै राम्रो भएको तर श्रीमान नभएकोले आफूसँग सारीरिक सम्पर्क गर्न नेपालगञ्जसम्म आउने थापाले बयान गरेका छन । दुई श्रीमती र पाँच सन्तानका धनी थापासँग फोनमा बारम्बार ती महिलाले माया नगरेको गुनासो गरेकी छन । सांसद थापाले उनलाई जवाफ दिदै भनेका छन, ‘मैले कम माया गरेको छु र ?’ महिलाले आफ्नो पैसा व्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेकी छन ।

एक होटलमा केही साथीसहित मादक पदार्थ सेवन गरेका थापाले महिलासँग ह्याण्ड्स फ्रिमा कुरा गरेको अडियो अहिले बाहिरिएको हो । थापाकै भनाइ अनुसार तीमहिला उनको प्रेमिका हुन । सुदूरपश्चिम प्रदेश सभाका सदस्य थापाले मापसे गरेको जोशमा थापाले ती महिलासँगको सारीरिक सम्पर्कदेखि अरु सवै बिषय खोलेका छन भने साथीहरुलाई गर्वका साथ आफ्नो अर्वपति प्रेमिका रहेको र चाहेको बेला आफूले भनेको ठाउँमै प्लेन चढेर आउने गरेको बताएका छन ।

(सम्वादको अडियो जनताटाइम्ससँग सुरक्षित छ । केही निकै अश्लिल शब्द प्रयोग भएको र महिलाको आवाज पहिचान हुने भएकोले प्रकाशन गरिएको छैन । सं)