जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १५:२९

बिश्व सम्मेलनको अघिल्लो दिन ह्वात्तै बढ्यो एनआरएनएको मुख्यालयमा चहलपहल (फोटोफिचर)


काठमाडौं, असोज २७

गैरआवासी नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा भोलिदेखि सुरु हुने भएको छ । यसपटक संघको नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने देखिएको छ । वर्तमान उपाध्यद्धय कुमार पन्त र कुल आचार्यले अध्यक्षको लागि उम्मेद्धवारी दिने घोषणा गरिसक्नुभएको छ । त्यस्तै यस महाधिवेशनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ ।

संघको अध्यक्षमा एक जना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १-१ जना निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यस पटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने भएका छन् ।


विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २–२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १-१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १-१ जनाका दरले ६-६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।