काठमाडौं, १८ भदौ । उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ । ३७ बर्षिय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गर्नुभएको हो । स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताउनुभयो ।
स्वरेज अहिलेसम्म उरुग्वेका लागि सर्बाधिक गोलकर्ता समेत हो । उहाँले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गर्नुभएको थियो । स्वरेजले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गर्नुभएको थियो । उहाँले २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेल्नुभएको थियो । हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केहि बर्ष निरन्तरता दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्