जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार ०८:४८

एनआरएनएको नेतृत्वमा पन्तलाई जिताउन प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिको अपिल


काठमाडौं, असोज २८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु हुदैछ । महाधिवेशन शुरु भएसगै नयाँ नेतृत्व चयनका लागि मतदान समेत हुदैछ । तीन दिनसम्म चल्ने सम्मेलनले दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्दैछ ।

अहिले कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा देखिएका छन् । दुई उम्मेद्धार मैदानमा आएपछि मतदातापनि विभाजित भएर आ–आफ्नो पक्षमा खुलेर लागेका छन् । यसक्रममा प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बेल्जियमका जित लामा, कतारका चाणक्य पोखरेल, अस्ट्रेलियाका धर्मराज अधिकारी, जर्मनिका नवराज रोश्यारा, अमेरिकाका संजय थापा, अस्ट्रेलियाका रमेश पाण्डे र जापानका महेन्द्र श्रेष्ठले अनुभव, क्षमता र लगनशिलताका कारण अध्यक्षमा कुमार पन्तलाई मतदान गर्न अनुरोध गरेका छन् ।

अध्यक्षका प्रत्यासी पन्तले सबैको साझा एनआरएन बनाउन आफूलाई जिताउन एकताबद्ध ढंगले चुनावी अभियानमा लाग्न अनुरोध गर्नुभयो । उहाले एनआरएनएलाई पार्टीगत भन्दा पनि सबैको साझा बनाउने बताउनु भयो । कार्यक्रममा उम्मेदवारहरु आरके शर्मा, धर्मराज अधिकारी, संगिता मरहठ्ठा, सुदिप कार्की, स्वतन्त्र प्रताम शाह, अर्जुन कुमार श्रेष्ठ, गोविन्द प्रसाद गौतम, शुष्मा राई लगायतको सहभागिता थियो । एनआरएनए अभियानमा लामो समय विताएका सुरेन्द्र श्रेष्ठ, डा. कृष्ण अर्याल, श्याम पाठक, डिवी क्षेत्री, रणबहादुर केसी, दिनेश घिमिरे र कर्ण शाही लगायतको उपस्थिती रहेको थियो ।