काठमाडौं, ३० भदौ । क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउनुहुने भएको छ । इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिनुभएको हो ।
अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो । अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दैछ ।
हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ । अल नासरले उहाँ केहि दिनको आरामपछि टिममा फर्किने बताएको छ । रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्