काठमाडौं, असोज ७ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिक उत्सवका अवसरमापत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो।
त्यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ।
काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल र सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान गरेको थियो।
काउन्सिलले यो वर्ष पनि अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । यसरी सम्मान पाउनेमा बरिष्ठ पत्रकारहरु बोधराज त्रिपाठी, प्रमोदकुमार सिंह (दाहाल) ईश्वरीप्रसाद वाग्ले, बालकुमार नेपाल, ज्ञान उदास, देवेन्द्र चुँडाल, के.बि. मसाल, चित्राङ्ग थापा, बलदेव अवस्थी, खगेन्द्र खत्री, हरिविनोद अधिकारी, उषा लोहनी, खुर्शिद आलम, विष्णुप्रसाद सुवेदी, र जन्मदेव जैसीलाई प्रदान गरेको छ । सुवेदी गोरखापत्रका अध्यक्ष र जैसी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।
वार्षिकोत्सवकै अवसरमा, काउन्सिलले पूर्वसदस्य र पूर्व सदस्य सचिवलाई सम्मान गरेको छ । पूर्वसदस्य रघुजी पन्त, दिपेन्द्र चौहान, नवलकिशोर यादव, प्रतिक प्रधान र तेजप्रकाश पण्डित र पूर्व सदस्यसचिव रघुराम विष्टलाई सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्