काठमाडौं, ९ असोज । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिनुभएको छ । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गर्नुभएको हो । भेरान हाल सिरी ए क्लब कोमोमा आवद्ध हुनुहुन्थ्यो । यस सिजनको शुरुमा फ्री–ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड छोडेर कोमोमा आवद्ध हुनुभएको भेरानले एक खेल खेलर घाइते हुनुभएको थियो ।
उहाँ लामो समय इन्जुरी हुने निश्चित भएपछि कोमोले उहाँलाई सिरी ए मा दर्ता समेत गरेको थिएन ।
लामो इन्जुरी हुने भएपछि भेरानले सन्यासको घोषणा गर्नुभएको छ । भेरान फ्रान्सको राष्ट्रिय राष्ट्र्रिय टिमबाट भने २०२३ को फेब्रुअरीमै सन्यास लिनुभएको थियो । २०११ देखि २०२१ सम्म रियल म्याड्रिडबाट खेलेका भेरानले चार च्याम्पियन्स लिग जित्नुभएको थियो । भेरान फ्रान्सले २०१८ को विश्वकप र २०२२ मा विश्वकपको उपविजेता टिमका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्