दाङ, असोज ३० । प्रतिबन्धित नेत्रविक्रम चन्द, विप्लव समुहको राप्ती ब्यूरो बैठकबाट पक्राउ परेको नेता–कार्यकर्ताको नाम सार्वजनिक भएको छ । प्रहरीले बैठकमा हस्तक्षेप गरी मध्यराती हतियार र बिष्फोटक पदार्थसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
बैठकस्थलबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका २१ जना केन्द्रीय सदस्य तथा राप्ती ब्यूरोका सदस्यहरु पक्राउ गरेको हो । सरकारले प्रतिबन्ध लगाएको नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द बीरजंग, राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठा मगर सुवास र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीसहितका नेताहरु पक्राउ परेका हुन् । पक्राउ परेका मध्यपश्चिम कमाण्डका इन्चार्ज चन्द विप्लवका सहोदर दाजु हुन ।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका ४ मुग्रेटाखोला नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको हो । गएराती एक बजे प्रहरीले छापा हानी विप्लव समूहका २१ जना नेताहरु पक्राउ गरेको हो ।
यी हुन पक्राउ पर्ने बिप्लवका नेता
चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवं मध्य पश्चिम कमाण्ड ईन्चार्ज
केशवबहादुर बाँठा मगर (सुवास) (राप्ती ब्युरो ईन्चार्ज
रामबहादुर थापा (सुन्दर) ( राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक
सविन पोख्रेल (राप्ती ब्युरो कार्यालय सचिव
यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज
प्रदीप वली (जिल्ला सेक्रेटरी
बविन केसी (पाटन, जंगली) (युव संगठन नेपाल केन्द्रीय अध्यक्ष
सुनिल पौडेल–वुद्धिजिवी
एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य
धनबहादुर बोहोरा (महान) (एरिया नम्बर १ ईन्चार्ज एवं राजपुर गा पा सेक्रेटरी
तिलक पुन (पूर्व जनमुक्ति सेना
सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष)
हितप्रसाद रोका (पार्टी सदस्य
पोष्टमान घर्ती (रोल्पा जिल्ला)
दलबहादुर खत्री
अमित घर्तिमगर
बालकृष्ण शर्मा
जीत क्षेत्री
रमेश आचार्य
कुलबहादुर वली
बिष्णु थापा













प्रतिक्रिया दिनुहोस्