जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १८:५६

एनआरएनएमा २३४४ मत खस्यो, मतगणना आजै शुरु हुने


काठमाडौं, असोज ३०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि मतदान सम्पन्न भएको छ । कुल मतदाता २५७० रहेकोमा २३४४ मत मात्र खसेको छ । कागजमा मतदान भएकाले मतपरिणाम आउन समय लाग्ने बताइएको छ ।

मतदान सकिएकाले मुचुल्का उठाउने काम सकिएको एक घण्टामा मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा बढि मत युरोपबाट ९२० मत खसेको छ । यसैगरी अमेरिकाबाट २६१, एसिया प्यासेफिकबाट ४६२, अफ्रिकाबाट १६, मध्यपूर्वबाट ४७० र ओसियानबाट २१५ मत खसेको समितिले जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो । संघको नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।