काठमाण्डौं, असोज १९ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जल्लिाका पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी पठाउन आग्रह गर्नुभएको छ ।
शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताउनुभयो । उहाँले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रुपले ध्यान आकृष्ठ भएको बताउनुभयो ।
‘ मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्वन्धीत जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौं ।” गृहमन्त्री लेखकले भन्नुभयो, ‘घाइतेहरुको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ ।’
विपद् संकटग्रस्त क्षेत्र घोषणा सरकारले गरिसकेको बताउँदै उहाँले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रीत गरेको जानकारी दिनुभयो ।
‘ उद्दार, राहत र पुर्नस्थापनाका सवाल सरकारी गम्भीर भएर अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘ पुर्ण रुपमा घर क्षति भएका पीडित नागरिकहरुलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडी बढेको छ ।’
ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्दार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन पसेका तेह्रथुमका ४२ बर्षीय दीपक सिलवाललाई शनिबार गृह मन्त्रालयमा सहमतीपछि अनशनरत सिलवाललाइ जुस खुवाएर अनशन अन्त्य गराउने क्रममा बोल्दै गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।
’हवाई उद्दारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान गएको छ,’उहाँले भन्नुभयो, ‘यो विषयलाई थप गम्भीर रुपमा लिएर सरकारले यस सम्वधीत कार्यविधि संशोधन सिलवाल जीका कुरा समेटेर गरेर अघि बढ्ने छौं ।’
प्रतिक्रिया दिनुहोस्