जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ०७:५७

सचिवमा पराजयपछि शुष्मा राईको भावुक सन्देश


काठमाडौं, कात्तिक २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सचिव पदकी उम्मेद्वार शुष्मा राईले आफू पराजीत भएपनि निर्वाचनबाट आएको परिणामलाई सहज रुपमा लिएको भन्दै सवैलाई धन्यवाद दिनुभएको छ । लामो समयदेखि एनआरएनएको अभियानमा लाग्नुभएकी राईले आज हारेको व्यक्ति भोली जित्ने छ भने आज जितेको व्यक्तिले भोली हार्नेछ भन्दै अभियानमा भने सदैव लागिरहने प्रष्ट पार्नुभएको छ ।

यस्तो छ राईको भनाई

एनआरएनए आईसिसिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा भागलिनु हुने आदरनिय मतदाताहरु, समाजका अग्रजहरु, मिडियाका साथीहरु तथा सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहान्छु । यो लोकतान्त्रिक प्रक्रियामा भाग लिदा आउने परिणामलाई मैले सहज स्वीकार गर्छु । मलाई विश्वास गरे मतदान गर्ने र विभिन्न बाध्यताका कारण मलाई मतदान गर्न नसक्ने अवस्थामा रहेका मतदाताहरुलाई पनि विशेष धन्यवाद भन्न चाहान्छु । यो महानअभियान हो । आज हारेको व्यक्ति भोली जित्ने छ भने आज जितेको व्यक्तिले भोली हार्नेछ । निर्वाचनमा जित वा हार स्वभाविक हो । मैले पनि लोकतान्त्रिक प्रक्रियामा भाग लिएको थिए । मेरो परिवारलगायत यहाँहरुबाट जे जति तपाईको साथ सहयोग पाए । त्यो गर्व गर्न लायक भयो । त्यसमै म खुशि छु । फेरी पनि सम्पूर्ण एनआरएनएहरु तथा सहयोगी हातहरुलाई प्रति नमन गर्न चाहान्छु ।
शुष्मा राई
एनआरएनए अभियन्ता तथा सचि व पदका उम्मेदवार