जनता टाइम्स

१५ कार्तिक २०८१, बिहीबार १०:५७

गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले छान्यो उत्कृष्ट उम्मेदवार, महिला नेतृ शेर्पालाई उम्मेदवार बनाउने निर्णय


दोलखा, कात्तिक १५ । नेकपा एमालेले गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा उमा मगर शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गौरीशंकर गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत रुपमा शेर्पालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

उपाध्यक्ष श्यामसुन्दर तामाङको निधनका कारण आगामी मंसीर १६ गते हुन लागेको उपनिर्वाचनमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो । एमालेको पालिकाका नौ वटै वडाका आकांक्षी तथा अगुवा नेता कार्यकर्ता र जनतासँगसमेत परामर्शका आधारमा शेर्पाको नाम तय गरेको हो ।

उम्मेदवार चयनका लागि एमालेले पूर्वउपाध्यक्ष उर्मिला थामीको नेतृत्वमा पालिकाका ५ सदस्यीय कार्यदल बनाएको थियो ।कार्यदलमा एमाले दोलखाका सचिव सोयमबहादुर खडका, जिल्ला कमिटी सचिवालय सदस्य एवं गौरीशंकर इञ्चार्ज जंग गुरुङ, निमा लामा र मिङ्गुर शेर्पा रहनुभएको थियो ।

पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङले बनाउनु भएका सो कार्यदलले सवैको छलफलपछि तीनजनाको नाम सिफारिश गरेको थियो ।

सिफारिशमा परेकाहरुलेपनि उमालाई उम्मेदवार बनाउनु पर्ने धारणा राखेपछि सर्वसम्मत निर्वाय भएको हो । युवा नेतृ उमा मिलनसार र जनतासँग घुलमिल हुने स्वभावकी हुनुहुन्छ । शेर्पा राजनीतिकसँगै सामाजिक काममा पनि निकै अग्रपंक्तिमा रहनुभएको छ । गौरीशंकर ७ मार्बुकी उमाले आफूलाई प्राप्त जिम्मेवारी जरी पनि पूरा गर्ने छवी बनाउनु भएको छ ।