जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १७:२८

सांसद पार्वत गुरुङ निर्दोष सावित


काडमाडौं, कात्तिक ३ । अन्ततः सांसद पार्वत गुरुङ निर्दाेष सािवत हुनुभएको छ । ज्यान मार्ने उद्योगमा प्रतिनिधिसभा सदस्य तथा सत्तारुढ नेकपाका नेता गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधरण तारेखमा रिहा गरेर निर्दोष सावित गरेको हो ।

अदालतमा दायर गरेको मुद्दामा केस स्ट्यावलिस हुन नसक्ने देखेपछि साधरण तारेखमा रिहा गर्न आदेश दिएको हो । राजनीतिक पूर्वाग्रहका आधारमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकै आधारमा प्रहरीले एक पटक पनि सम्पर्क नगरी फरार प्रतिवादीको रुपमा मुद्दा दर्ता गरी आफ्नो नाममा पूर्जी आएपछि सांसद गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको थियो ।

ज्यान मार्ने उद्योग गरेको आरोपमा गुपचुपमै अदालतमा मुद्दा दायर भई अदालतबाट पूर्जी जारी भएपछि दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको हो । अदालतमा बयान र थुनछेक बहशपछि न्यायाधीश पुणेश्वरप्रसाद उपाध्यायको एकल इजलासले सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । गुरुङको पक्षमा अदालतमा वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु टिकाराम भट्टराई, रमेश बडाल, प्रविण प्रधान र करुणाकर्ण मल्लिकले बहस गर्नुभएको थियो । बहशका क्रममा सवै कानून ब्यवसायीले पूर्वाग्रह साँध्न किटानी जाहेरी दिई हदम्याद नाघेपछि अदालतमा मुद्दा दर्ता भएको भन्दै खारेज हुनुपर्ने माग गर्नुभएको थियो ।

स्थानीय तह निर्वाचनको बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा स्थानीय कुलबहादुर तामाङको हत्या भएपछि फरार रहेका सोही स्थानका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । अदालतले साधरण तारेखमा रिहा गरी सो घटनामा सांस्द गुरुङको संलग्नता नरहेको संकेत गरेको हो ।