जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार १८:५२

महरा अझै पाँच दिन हिरासतमा बस्नुपर्ने, अदालतले फेरी थप्यो म्याद


काठमाडौं, कात्तिक ३

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले अझै प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । अदालतले थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि आइतवार अपरान्ह उपस्थित गराइएका महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो । बयान दिन इन्कार गरेको समाचार आएपछि महराले आइतवार जिल्ला सरकारी वकिलसँग यो प्रकरणमा पहिलो पटक बयान दिएका थिए ।

महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउने छन् । गत असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा रहेका छन् । उक्तरक्त चापसहितका समस्याबाट पीडित भएर अस्पतालमा रहेका महराले बलात्कार प्रकरणबारे बयान दिन अस्वीकार गरेको भन्दै एकसाता यता निरन्तर समाचार आएपनि उनि असन्तुष्ट बनेका थिए । बयान दिन अस्वीकार गरेको भन्ने कुरा सरासर झुटो रहेको महराले बताएका छन् ।

‘उहाँ (महरा) ले आफूलाई सोध्दै नसोधी बयान अस्वीकार गरेको भन्दै समाचार लेखिएकोमा असन्तुष्टि जनाउनुभएको छ’, महराका वकिल मुरारी सापकोटाले भन्नुभयो, ‘आफुसँग सम्बन्धित कुरामा एकपक्षीय समाचार लेखेर ‘मिडिया ट्रायल गरिएको गुनासो उहाँले गर्नुभएको छ।’