काठमाडौं, कात्तिक ४
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार भ्रमणले दुई देश र जनताबीचको घनिष्ठ सम्वन्ध अझ प्रगाढ भएको बताउनु भएको छ । आफ्ना समकक्षी उ विन मिन्टको निमन्त्रणामा चार दिने भ्रमण पुरा गरी जापान पुग्नु भएकी राष्ट्रपति भण्डारीले सो कुरा बताउनु भएको हो ।
सामाजिक सञ्जाल ट्विटरबाट उहाले न्यानो स्वागत र आतिथ्यताप्रति त्यहाका जनता, राष्ट्रपति, सरकार र स्टेट काउन्सिलर सबैलाई धन्यवाद समेत दिनुभएको छ । उहाले भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको पनि उल्लेख गर्नुभएको छ ।
यस्तो छ उहाको सन्देश
म्यानमारका महामहिम राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद ! भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ।
प्रतिक्रिया दिनुहोस्