जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १७:५७

महराले कांग्रेस नेता सिटौलासँग खोले रोशनी शाही प्रकरणमा यस्तो नयाँ तथ्य


काठमाडौं, असोज ४ । संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले यौन दुर्ब्यवहारको आरोप लगाएपछि सभामुखबाट पदच्यूत भई प्रहरी हिरासतमा पुग्नुभएका कृष्णबहादुर महरा भेटन कांग्रेस नेता कृष्णप्रसाद सिटौला पुग्नुभएको तथ्य बाहिर आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा सिंगो राष्ट्र जुटेको बेला असोज २५ गते सिटौला महरा भेटन नर्भिक अस्पताल पुगेर लामो भलाकुसारी गर्नुभएको हो ।

सो भेटमा महराले आफूलाई आफ्नै पार्टीका नेताहरुले फसाएको दावी गर्दै घटना भएको भनिएको दिन रोशनी शाहीले नै आफूमाथि आक्रमण गरेको सिटौलालाई बताउनु भएको समाचार सिलापत्रले सार्वजनिक गरेको छ । सो अनलाइनले बाहिर ल्याएको तथ्यअनुसार सिटौलासँगको कुराकानीमा महराले यस्तो रहष्य खोल्नुभएको हो । ‘रोशनी शाहीसँगको सम्बन्धको विषयमा भने महराले आफूलाई ती महिलाले शारीरिक हमला गरेको दाबी गरेका थिए,’ अनलाइनमा लेखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा देखिएको समस्याका कारण नर्भिक अस्पतालमा उपचार गराइरहेका महरा परिवारका सदस्य, चिकित्सक र सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिको पहुँचबाहिर हुनुहुन्छ । उहाँले सत्तारुढ नेकपाका कुनै पनि नेतासँग भेटन अस्वीकार गरेपनि सिटौलासँग भने भेटनु भएको हो । अस्पतालमा रहेका महरालाई २५ असोजको दिउँसो कांग्रेस नेता सिटौलाले भेट गरे ।