जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १०:१८

पाकिस्तानी सेनाले चकनाचुर पारिदियो नातिको बिहे गर्ने ९६ बर्षिय धनप्रसादको चाहना


काठमाडौं, कात्तिक ५ । पाकिस्तान संगको युद्धमा मा’रिएका भारतीय सेनाका सिपाही २४ बर्षिय गमिल कुमार श्रेष्ठको विवाहको तयारीमा थिए उनका परिवार । हजुरबा ९६ बर्षिय धन प्रसाद श्रेष्ठले नातिको बिहे गर्ने धोको पाकिस्तानी सेनाले चकनाचुर पारिदिएका छन् । घरकै आगनमा नातिको विवाहमा नाच्ने धनप्रसादको धोको अपुरो भएको छ । अस्ताउन लागेको घाम जस्तै भएको आफ्नो उमेरमा भारतीय सेनामा कार्यरत नातिको विवाहको तयारीमा परिवारलाई धनप्रसादले दवाव दिने गरेका थिए ।

‘अब नातिको विवाह गरेपछि मेरो मृत्यु भएपनि केही हुदैन,‘अबको केही महिनामै विवाह गर्नुपर्छ’ धनप्रसादले आफन्तलाई सुनाउने गरेका थिए । पाल्पाको रामपुर नगरपालीका ४ स’दावर्त, पाल्पाका गमिल कुमार भर्ती भएको २७ महिनामै आईतबार पाकिस्तान संगको भिडन्तमा मारिएका हुन् । भर्ती पछि कसम खाएर गएको बैशाखमा १५ दिने छुट्टीमा आएका गमिलले भर्ती हुन भाकल गरेबापत पन्चबोलीपुजा गरी हाजिरमा फर्किएका थिए ।

पुजा र बिहे ए’कैपटक गर भनेको मानेन, हजुरबा धनप्रसादले भने अर्को छुट्टीमा आउँदा बिचार गर्छु भनेको थियो, यस्तो भयो । अविवाहित मृतक श्रेष्ठको घरमा हजुरबा धन बहादुर, बुवा रुनारायण, आमा सिता, दाजु गणेश र उनका श्रीमती छन् । घटना भए संगै उनका बा, आमा, दाजु भाउजु र छिमेकीहरु सोमबार बिहानै भारत गएको छिमेकी कृष्ण लम्सालले बताए ।कक्षा १२ मा पढ्दा पढ्दै भारतीय सेनामा भर्ना भएका गमिल निकै मिलनसार र सहयोगी रहेको साथीहरुले बताएका छन्।

जेठा बुवाको छोरो दिपक श्रेष्ठ ५ बर्ष अघि भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना भएका थिए। आईतबार राती पाकिस्तान नि’यन्त्रित कश्मिर (पीओके) मा भारतीय र पाकिस्तानी सेना बिच भएको दोहोरो भिडन्तमा भारतीय सेनामा कार्यरत राईफल म्यान गामिलसंगै भारतीय सेनाका हवल्दार पदमबहादुर श्रेष्ठको मृत्यु भएको थियो । मृत्यु हुने दुबै जना गोर्खा रेजिमेन्टमा कार्यरत थिए ।