जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १३:३७

प्रधानमन्त्रीसँगको मतभेदबारे प्रचण्डले खोले मुख


यसकारण पूरा भएन ओली–प्रचण्ड भिडाउन चाहने कन्सुत्लीहरुको योजना, प्रचण्डको आयो कडा जवाफ

पाँचथर, कात्तिक ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीसँगको मतभेदबारे मुख खोल्नुभएको छ । नेकपा पाँचथरले आज आयोजना गरेको पार्टी कार्यकर्ता र पत्रकारसहितको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको बिवादलाई लिएर आएको पछिल्लो समाचारबारे मुख खोल्नुभएको हो ।

केही दिनयता नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच निकै ठुलो बिवाद देखिएको र अध्यक्ष प्रचण्डले सहमतिबाट ओली पछि हटेको, अपमान गरेको समाचार सार्वजनिक गर्दै आएका थिए । ‘मिडियामा आएका कतिपय बिचार र समाचारहरुले हामी दुई अध्यक्षबीच ठुलै समस्या छ जस्तो देखिएको छ, तपाईहरु कोही भ्रममा नपर्नाेस, हामीदुवै जना एकै ठाउँमा छौं, हामीबीच कुनै समस्या छैन, हरेक बिषयमा हामी खुलेर छलफल गर्दै आएका छौं,’ प्रधानमन्त्री ओलीसँगको बिवादबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले हिजो मात्रै दुई घण्टा बसेर कसैको कुरा नसुनी दुवै जना एक भएर दृढताका साथ पार्टीलाई अघि बढाउने र समृद्धिको सपना साकार पार्न सवैको साथ लिने संकल्प गरिएको जानकारी दिनुभयो ।

‘हिजो दुई घण्टा बसेर हामीले समिक्षा गरेका छौं, कस्ले यस्तो काम गरिहेको छ भनेर । त्यसैले बाहिर आएको होहल्ला र प्रचारवाजीको भ्रममा कोही नपर्न म अपिल गर्न चाहन्छु,’ नेकपाका महासचिव बिष्णु पौडेल र संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई दाँया–बाँयाँ राखेर अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ कहिले काँही मिडियामा आउने एक दुइटा कुराले ठुलै पो छ कि भन्ने लाग्यो भने त्यो भ्रम हो ।’ अध्यक्ष प्रचण्डले मन्त्रिमन्डल पुनर्गठनको बिषय प्रधानमन्त्री ओलीको अधिकार भएको पनि प्रष्ट पार्नुभयो । ‘जतिबेला प्रधानमन्त्रीले चाहनुहुन्छ, त्यत्तिबेला मन्त्रिमण्डल पुनर्गठन हुन्छ, जतिबेलासम्म प्रधानमन्त्रीले चाहनु हुन्न, त्यो बेलासम्म हुन्न,’ प्रचण्डको भनाई थियो ।

हिजो दुई घण्टा बसेर हामीले समिक्षा गरेका छौं, कस्ले यस्तो काम गरिहेको छ भनेर । त्यसैले बाहिर आएको होहल्ला र प्रचारवाजीको भ्रममा कोही नपर्न म अपिल गर्न चाहन्छु,’ नेकपाका महासचिव बिष्णु पौडेल र संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई दाँया–बाँयाँ राखेर अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ कहिले काँही मिडियामा आउने एक दुइटा कुराले ठुलै पो छ कि भन्ने लाग्यो भने त्यो भ्रम हो ।’

उहाँले ओली नेतृत्वको नेकपाको सरकारले सफलतापुर्वक आफ्नो काम गरिरहेको पनि बताउनु भयो । प्रचण्डका अनुसार अहिले सरकार सम्पुर्ण रुपले बिकाश निर्माण र समृद्धितिरको यात्रामा अग्रसर छ । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बारे पनि अन्तिम निश्कर्षतिर पुग्न लागेको जानकारी पनि दिनुभयो । ‘समाजवाद उन्मुख राज्यको जे परिकल्पना गरिएको छ, त्यस्को पूर्वाधार तयार पार्ने कुरामा प्रमुख राजनीतिक दलबीच समझदारी नै छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।

उहाँले पार्टी एकता प्रक्रियालाई अन्तिम ठाउँमा ल्याइपुर्याएको जानकारी पनि दिनुभयो । ‘पार्टी एकता प्रक्रियालाई अन्तिम ठाउँमा ल्याइपुर्याएका छौं । थोरै ढिला त भएको हो, तर निश्कर्षमा पुर्याएका छौं । केन्द्रमा सवै एकता टुंग्याएर प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको तयारीमा छौं,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।