जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १५:४५

तीनकुनेका फुल जोगाउन सिसिटिभी जडान गरिने


काठमाडौं, कात्तिक ५

चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमण आउदा तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा नै जडान गरिने भएको छ । त्यहा राखिएका फुल र दुबो चोर्न थालेपछि सशस्त्र प्रहरी परिचालनको साथमा सीसी क्यामेरा पनि जडान गर्ने तयारी भएको हो ।

‘तीनकुने पार्कका अहिले लगाइएको दुबो जोगाउने र थप फूल रोपेर सुन्दर बनाउनको लागि विभिन्न उपायहरु सोचिरहेका छौँ, त्यहाँ सीसी क्यामेरा जडानको लागि ठाउँ पहिचान भैसकेको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले भन्नुभयो । तीनकुनेको दुबो चोरिएको विषयमा प्रधानमन्त्रीकै ध्यानाकर्षण भएपछि त्यहाँ सुन्दर पार्क बनाउने तयारी भैरहेको पनि छ ।

तीनकुनेमा थप दुबो र फूल रोप्न फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यानसँग सहकार्य गर्ने तयारी रहेको छ । फ्यानले ५ लाख रुपैयाँ बराबरको दुबो र फूल उपलब्ध गराउने मोटामोटी प्रतिबद्धता जनाएको पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।