जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ११:१७

पैसा माग्न जाँदा जनकपुरमा गोली हानी हत्या


जनकपुर, कात्तिक ६

जनकपुरमा पैसा माग्न जाँदा एकजनाको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो।

मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।