जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ००:००

सत्तारुढ नेकपाले दियो बिप्लवलाई कडा चेतावनी


काठमाडौं, कात्तिक ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ ।

आज बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदछ ।’