जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार २०:१५

चाबहिलमा घर भत्किँदा घाइते भएका तामाङको मृत्यु


काठमाडौं, कात्तिक ६ । चाबहिलबाट चुच्चेपाटी जाने मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका दीपक तामाङको मृत्यु भएको छ। आज दिउँसो पुरानो घरलाई विस्तारै भत्काउँदा एक्कासी ढलेपछि तामाङ घाइते भएका थिए।

घर भत्काउने कामदार तामाङकाृ उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार चाबहिलस्थित दिर्घायु अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।