जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार २०:३०

काठमाडौंमै बोर्डिङ स्कूलको बार्दली खस्दा ४२ बिद्यार्थी घाइते


काठमाडौं, कात्तिक ६ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ स्थित एक निजी बिद्यालयको बार्दली खस्दा ४२ जना विद्यार्थी घाइते भएका छन ।

प्रहरीको अनुसार तारकेश्वर नगरपालिका–३ जितपुर फेदीमा रहेको विद्याकुञ्ज इङलिस बोर्डिङ सेकेन्डरी स्कूलको बार्दली खसेको हो। घाइते विद्यार्थीको ग्रिनसिटी अस्पतालमा उपचार गरिएको र सबै विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुने विद्यार्थी कक्षा १ देखि ५ सम्मका रहेका छन्।