जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ११:१२

बिहिवार विहान काठमाडौं उपत्यकामा यसवर्षकै सबैभन्दा चिसो


काठमाडौं, कात्तिक ७

मौषममा देखिएको गडबडीसँगै राजधानीमा चिसो बढ्न शुरु गरेको छ । काठमाण्डौ उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, बिहीबार बिहान जुम्लाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिँदा विराटनगरको भने सबैभन्दा धेरै २२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

उच्च पहाडी भेगमा हिमपात भएकाले पनि देशभरीकै तापक्रम घटेको हो । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारण केहिदिन यता नेपालको मौसममा बदली भइरहेको छ । बिहीबार पनि यसको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।