जनता टाइम्स

२१ पुष २०८१, आईतवार १४:०६

माओवादी बैठकमा उपाध्यक्षको लहरमा पूर्वउपराष्ट्रपति पुन


काठमाडौं, पुस २१ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी हुनुभएको छ । पुन यसअघि पनि पार्टी बैठकमा सहभागी हुनुभएको थियो ।

केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहर बस्नुभएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा रहनुभएको छ उपमहासचिवहरू पछिल्लो लहरमा छन ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । ।