जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १२:५७

भरतपुर महानगरपालिकाका अतिविपन्न सय घरपरिवारलाई चिनियाँ नागरिकद्वारा सहयोग


चितवन, कात्तिक ७

गाउँपालिकाद्वारा मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँले सहयोगी दाता चाङ र उहाँको परिवारलाई धन्यवाद दिदैं आउँदै गरेको तिहारलाई उल्लासमय बनाउन राहत पाउनेहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामल, जिरा मसला, घ्यू, साबुन, चिउरा ब्ल्याङ्केट र प्रतिपरिवार नगद रु तीन हजार गरी रु १० हजार बराबरको राहत सामग्री वितरण गरिएको चाङका नेपाली मित्र सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।