जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ००:००

पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन जिप्रका चितवनको अनुरोध


चितवन, कात्तिक ७

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सबैमा अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता विस्फोटक पदार्थ पड्काउनेलाई कारवाही गरिने जनाएको हो ।

सांस्कृतिक महत्वका पर्व मनाउने क्रममा भूईचम्पा, आतसबाजी र पटाकाजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ । प्रशासनले त्यस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र साँझ ९ बजे पछि देउसी, भैलो नखेल्न पनि आग्रह गरेको छ ।