जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १६:३०

नेवार समुदायको भाइटिकालाई सरकारले दियो उच्च महत्व, १३ गतेपनि सार्वजनिक विदा


काठमाडौं, कात्तिक ७

सरकारले नेवार समुदायको भाईटिकाका अवसर पारेर कात्तिक १३ गते सार्वजनिक विदा दिएको छ । भाइटीकाको भोलिपल्ट नेवार समुदायको भाईटिका अर्थात किजा पूजा परेकाले सार्वजनिक बिदा दिएको होे ।

सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले विदा दिने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी दिनुभयो । नेवार समुदायले मनाउने किजापूजा १३ गते परेकोका छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते बिदाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । पञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।