जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १५:११

दिप प्रज्वलन र देउसी भैलो खेल्दै नुवाकोटमा मनाइयो ७४ औं युएन दिवश


नुवाकोट, कात्तिक ८ । ७४ औं युएन दिवसको अवसरमा युएनओपीएस सामाजिक प्राविधिक सहजीकरण तथा परामर्श परियोजनाले नुवाकोट दरवार क्षेत्रमा दीप प्रज्जलन गर्दै तिहारको शुभकामना आदान–प्रदान गरेको छ ।

दिवसको अवसरमा आज कार्यक्रममा नुवाकोटको पुननिर्माण सम्वन्धि फोटोहरु प्रदर्शन, फोटो प्रतियोगिताको प्रमाणपत्र वितरण, दीप प्रज्जलन, शुभकामना आदानप्रदान र देउसी भैलो कार्यक्रमहरु गरिएको हो । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले युएनओपीएसले नुवाकोटको पुननिर्माण प्रकृयामा सामाजिक तथा प्राविधिक सहजीकरणमा निर्वाह गरेको भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी, विदुर नगरपालिकाका मेयर, जिल्ला समन्वय समितिका उपाध्यक्षलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । युएनओपिएसले भारत सरकारको सहयोगमा नुवाकोट जिल्लामा भुकम्प प्रभावित २३ हजार ८८ घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजिकरण गर्दै आएको छ ।