जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १५:४६

कात्तिक ९ गते दोलखाली सांसदको काठमाडौंमा चियापान, सवै दोलखाबासीलाई चुले निम्तो


काठमाडौं, कात्तिक ८ । बडा दसैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा दोलखाबाट निर्वाचित संघीय संसद र प्रदेशका सांसदले कात्तिक ९ गते चियापानको आयोजना गरेका छन । प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, शान्ति पाख्रिनसहित प्रदेश सभा सदस्यहरु बिशाल खडका र पशुपति चौलागाई, रचना खडका, सरस्वती बस्नेतसहित सवै जनप्रतिनिधिले भोलि कात्तिक ९ गते चियापानको आयोजना गर्नुभएको हो ।

तिनकुनेस्थित रोयल ब्यांकेटमा आयोजना गरिएको चियापान दिउसा एक बजेदेखि चार बजेसम्म रहने छ । चियापानमा काठमाडौंमा रहेका सवै दोलखाबासीलाई सवै सांसदहरुले अनुरोध गर्नुभएको छ । ‘चियापानमा सहभागी हुन काठमाडौंमा रहनुभएका सवै दोलखाबासीहरुलाई बिशेष अनुरोध छ, सवैलाई चुले निम्तो छ,’ प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले जनताटाइम्ससँग भन्नुभयो । यस्तै प्रदेशसभा सदस्य चौलागाई, खडका र बस्नेतले पनि सहभागी हुन सार्वजनिक अपिल गर्नुभएको छ ।