जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १७:५८

कास्की–२ मा विद्या भट्टराई नेकपाको सर्वसम्मत उम्मेद्वार


पोखरा, कात्तिक ८

कास्की–२ मा मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले विद्या भट्टराईलाई सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा भट्टराईको नाम सिफारिस गरेको हो ।

उम्मेदवारका लागि सर्वसम्मत रुपमा भट्टराइको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिनुभयो । केन्द्रले कात्तिक १० गतेभित्र नाम सिफारिस गर्न निर्देशन दिएपछि जिल्ला कमिटिले उहाको नाम सिफारिस गरेको छ ।

जिल्लाको सिफारिस अनुसार अब केन्द्रले अन्तिम उम्मेद्धारको घोषणा गर्नेछ । भट्टराई स्वर्गिय रविन्द्र अधिकारीकी श्रीमति समेत हुन् ।

विगतमा कम्युनिष्ट पार्टीमै सक्रिय भट्टराई पछिल्लो समय भने राजनीतिबाट टाढा हुनु भएको थियो । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।