जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार २०:५७

बैतडीमा राप्रपा र कांग्रेस परित्यागको लहर चल्यो, वडाध्यक्ष नै नेकपामा प्रवेश


बैतडी, कात्तिक ८

बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । राप्रपाबाट निर्वाचित वडाध्यक्ष नै नेकपामा प्रवेश गरेपछि यो लहर देखिएको हो ।

मेलौली नगरपालिका–३ का वडाध्यक्ष रघुवीरसिंह भाटले शुक्रबार नेकपामा प्रवेश गर्नुभयो । नेकपा मेलौली नगरकमिटीले आयोजना गरेको शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडाध्यक्ष भाट नेकपामा प्रवेश गर्नुभएको हो ।

भाटले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका–३ मा राप्रपाबाट वडाध्यक्ष पदमा जीत हासिल गर्नुभएको थियो । मेलौलीमा राप्रपा र कांग्रेस परित्याग गरेर १६५ जनाले नेकपामा प्रवेश गरेका छन् । यस्तै, कार्यक्रममा नगरकमिटी र वडाकमिटिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थियो ।