जनता टाइम्स

२३ माघ २०८१, बुधबार २२:४२

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा, सुर्खेतमा मुना हमाल निर्वाचित


काठमाडौं। माघ २३  । प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ । दुवै जिल्लका अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ ।
बुधबा

सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित हुनुभएको छ ।

सचिवमा श्रीकृष्ण ढकाल, सहसचिव राजु नापित उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, रामकुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरिप्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत र सुजन मैनाली निर्वाचित हुनुभएको छ ।

यसैगरी बुधबार सम्पन्न प्रेस चौतारी नेपाल सुर्खेत शाखाको जिल्ला अधिवेशनबाट मुना हमालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा दिनेश बुढा र चन्द्रा कँडेल निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र तेजबहादुर रोकाय तथा कोषाध्यक्षमा नवराज रोकाय निर्वाचित हुनुभएको छ ।