जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १३:३६

प्रधानमन्त्री ओलीबाट कमला सुवेदीको निधनमा दुःख व्यक्त


काठमाडौं, कात्तिक ९

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । नेकपाका अध्यक्ष ओलीले आज ट्विट गर्दै दिवङ्गत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।