जनता टाइम्स

७ फाल्गुन २०८१, बुधबार २३:१५

जनताको विश्वास बड्ने गरी काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन


सुर्खेत, फागुन ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको बिश्वास बड्ने गरि काम गर्नु पर्ने बताउनु भयो ।

प्रदेश अस्पताल सुर्खेतको १९ औं स्थापना दिवसलाई बुधबार सम्बोधन गर्दै विगतबाट सिक्दै जनताको बिश्वास बढाउने काममा अस्पतालका सम्पूर्ण जनशक्ति लाग्नु पर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

जनताले राम्रो सेवा पाउँदा मात्र सरकारले राम्रो काम गरेको जनताले बुझ्ने हुदा जिम्मेवारीपुर्वक सेवा भावकासाथ काममा लाग्न निर्देशन पनि दिनुभयो ।

कर्णाली प्रदेश सरकारले समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्ने योजना सरकार लागेको मुख्यमन्त्री कंडेलले उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशका सबै क्षेत्रका विकास निर्माणका कामहरु अघि बढी रहेको हुनाले केही समयमा कर्णाली समुन्नत हुने मुख्यमन्त्री कँडेलले भनाई थियो ।