काठमाडौं, फागुन १९ । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ हृदयघात भएपछि पूर्वयुवराज शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरी उपचार अघि बढाइएको हो ।
शाहलाई सो अस्पतालमा भर्ना गरी उपचार जारी राखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार पारशलाई आइतबार साँझ अस्पताल लगिएको हो ।
‘उहाँलाई आइतबार साँझ नै हृदयघातको शंका देखेपछि अस्पताल भर्ना गरिएको छ । अहिलेको अवस्थाबारे अस्पतालसँग नै बुझ्नुपर्ला,’ पाठकले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्