जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १७:४३

आलम प्रकरण : तत्कालिन इन्सपेक्टरको सनसनीपूर्ण बयान, घटनास्थल पुग्नै नदिई गरिएछ यस्तो


काठमाडौं, कात्तिक १०

रौतहटमा भएको बम विस्फोटको विषयमा तत्कालिन इन्सपेक्टरले सनसनीपूर्ण बयान दिएका छन् । उनले महम्मद अफताब आलमको घर छेउमा बम विस्फोट भएको खवर प्रहरीकोमा आएको बयान इन्सपेक्टर इन्द्र सुवेदीले प्रहरीको बयानमा भनेका छन् ।

रौतहट राजपुरमा भएको विस्फोटका विषयमा प्रहरीले शनिवार इन्सपेक्टर सुवेदीसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सुवेदीले आफू बम पड्किएको घटनास्थलसम्म जानै नपाएको बताउनु भएको छ । त्यतिबेला सुवेदी राजपुरक्षेत्रको चुनावी सुरक्षा टोलीमा खटिनु भएको थियो । आलमको घरनिर बम विष्फोट भएको सुनेपछि घटनास्थलमा जाँदाजाँदै आफूलाई सरूवाको फोन आएको कुरा उहाले बयानमा दिएको प्रहरी स्रोतले भन्यो ।

उहाँले बयानका क्रममा आफू घटनास्थलसम्म जानै नपाएको जानकारी दिदै भन्नुभयो, ‘जाँदाजाँदै बाटोमा फोन आयो, त्यसपछि म फर्किएर आए ।’ उक्त बम विष्फोटको अनुसन्धानमा खासै सूचना उनीबाट प्राप्त नभएको प्रहरी स्रोतले बतायो । सुवेदीपछि उक्त क्षेत्रमा इन्सपेक्टर राजीव बस्नेत खटिनु भएको थियो । उहालाई पनि सोधपुछका लागि रौतहट प्रहरीले डाकेको छ । तर, उहा देशबाहिर भएका कारण बयान हुन सकेको छैन ।