काठमाडौँ, फागुन २२ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुनुभएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेको हो । हाल कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख रहनुभएका भट्टराईलाई फागुन ११ गते बसेको बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो ।
एआईजीमा बढुवा हुनुभएका भट्टराईको कार्यकाल आगामी चैत ५ मै सकिनेछ । एआईजी रवीन्द्र केसीले माघ २७ मा राजीनामा दिएपछि भट्टराई एआईजी बनाइएको हो । केसी र भट्टराई दुवै प्रहरी महानिरीक्षक वसन्त कुँवरका ब्याची हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्