जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १९:१४

सिस्नुपानीले ‘माथिको आदेश’मा हटायो भन्दै हौवा फिजाउने शैलेन्द्रलाई मनोज गजुरेलको तार्किक जवाफ


काठमाडौं, कात्तिक १०

लोकप्रिय हास्यब्यंग्य कवि शैलेन्द्र सिंखडाले सिस्नुपानी नेपालले देउसी भैलीबाट ‘माथीको आदेश’ भन्दै हटाएको भनेर हौवा फिजाएको खुलेको छ । सिस्नुपानी नेपालका मनोज गजुरेलले सिंखडालाई तार्किक रुपमा त्यसको जवाफ दिनु भएको छ ।

सरकारविरुद्ध विभिन्न ब्यंग्य गर्दै आउनु भएका गजुरेलले कसैको आदेश नभई टोलीकै सदस्यले प्यारोडी गाउने भएपछि उहालाई सहभागी गराउन नसकेको स्पष्ट पार्नुभएको छ । ‘शैलेन्द्र भिनाजु (म भिनाजु भन्ने गर्छु) हाम्रो सहकर्मी, सहयोगी र सुभेच्छुक हो तर संस्थाको सदस्य हुनुहुन्थेन । गतबर्ष पनि उहांको सहभागिता रहेन । सिस्नुपानी देउसीमा उहा“ २ पटक सहभागी हुनुभयो जुन दर्शकले अत्यन्तै मन पराउनु भयो । यस पटक भने प्यारोडी यमन श्रेष्ठ (मदनकृष्ण सुपुत्र) र कविता संस्थाकै उपाध्यक्ष अर्जुन पराजुलीले भन्ने भएपछि शैलेन्द्र भिनाजु छुट्नु भयो । नछुटेको भए सुनमा सुगन्ध हुन्थ्यो । कुरो यति हो ’, गजुरेलले भन्नुभयो ।

यस्तो छ गजुरेलले समाजिक सञ्जालमा सिंखडालाई दिनुभएको जवाफ

लोकप्रिय हास्यब्यंग्य कवि शैलेन्द्र सिंखडा र सिस्नुपानी देउसीका सन्दर्भमा तपाईंहरुको चासो, गुनासो र सुझावका लागि धेरै धन्यवाद ।

लामो समयदेखी बिभिन्न मञ्चमा उहा र म काम गर्दै आएका छौं । अस्ती भर्खर प्रदेश–प्रदेशको गाईजात्रामा सगै थियौं । भोलीपनि सहकार्य जारी रहने अपेक्षा गर्दछु । जहासम्म आजको सिस्नुपानी देउसीको प्रसंग छ, शैलेन्द्र भिनाजु (म भिनाजु भन्ने गर्छु) हाम्रो सहकर्मी, सहयोगी र सुभेच्छुक हो तर संस्थाको सदस्य हुनुहुन्थेन । गतबर्ष पनि उहांको सहभागिता रहेन । सिस्नुपानी देउसीमा उहा २ पटक सहभागी हुनुभयो जुन दर्शकले अत्यन्तै मन पराउनु भयो । यस पटक भने प्यारोडी यमन श्रेष्ठ (मदनकृष्ण सुपुत्र) र कविता संस्थाकै उपाध्यक्ष अर्जुन पराजुलीले भन्ने भएपछि शैलेन्द्र भिनाजु छुट्नु भयो । नछुटेको भए सुनमा सुगन्ध हुन्थ्यो । कुरो यति हो ।

जहासम्म ‘माथीको दबाब’को कुरा छ, संस्थागत रुपमा कसैको दबाब आएको थाहा छैन । मलाई ब्यक्तिगत रुपमा कसैले आदेश दिने कुरै भएन किनभने म जनमतको कदर गर्दै अन्तरमनको आदेशले चल्ने गर्छु । दर्शकले दिनु हुने सम्यक सुझाव, स्वस्थ आलोचना र अथाह माया नै मेरो ब्यंग्य शक्तिको श्रोत हो ।

म राम्रोलाई राम्रो भन्छु । नराम्रोलाई नराम्रो भन्छु । यदि कुनै छिद्रबाट त्यस्तो कुनै ‘दबाब’ वा ‘आदेश’ आएको थाहा पाएका दिन म त्यहा रहने छैन । मलाई न कुनै पदमा जानुछ । न राजनैतिक नियुक्ती खानुछ । न केही पदकको अपेक्षा छ ।

सबैलाई थाहा छ– प्रायः पार्टी र सत्ताको चरित्र एउटै हुन्छ । उनिहरु शुरुमा प्रभावमा पार्न खोज्छन् । प्रभावले काम नगरे दबाब दिन्छन् । त्यसले पनि नभए बदनाम गर्छन् र सिध्याई दिन्छन् । यस कुरामा सबै श्रष्टा सधैं सचेत हुनुपर्छ । हामीमाथी उठ्ने हरेक प्रश्नको जवाफ हाम्रो कर्मले दिनुपर्छ ।

जसलाई ब्यंग्य गरिएको हो उसैले सुन्नुपर्छ, मनन गर्नुपर्छ भनेर राष्ट्र्का जिम्मेवार मान्छेका अगाडी ब्यंग्यात्मक देउसी खेल्न थालिएको हो । यदि हामीले आफ्नो ‘ब्यंग्य धर्म’ छोडेर भजन र भोजनतिर लाग्यौं भने तपाईंले हामीलाई सुझाव, सल्लाह र आलोचना गर्नुपर्छ । सधैं स्वीकार छ । सबै स्वीकार छ । सम्पूर्ण सुन्दर मनहरुलाई नमन् । शुभ दिपावली ।