जनता टाइम्स

५ चैत्र २०८१, मंगलवार ०७:१४

अछाममा बिहानै भूकम्पको धक्का


काठमाडौँ, ५ चैत।   अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।