जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार ११:१२

पूर्वराजा ज्ञानेन्द्रले लगाए पुरोहितले दिएको साइतमा भाइटीका


काठमाडौँ, कात्तिक १२

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाउनु भएको छ । उहाले पुरोहितले दिएको शुभ साइतको समयमा टिका लगाउनु भएको हो ।

भाइटीकाको शुभसाइत विहान ११ बजेर ५५ मिनेटमा भएपनि पुरोहित पूर्वराजालाई १० बजेर ५१ मिनेटको साइत दिएका थिए । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुग्नु भएको थियो ।

यसैविच, पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकामा आफुले देशमा शान्ति र अमन चयनको कामना गरेको बताउनु भएको छ । बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका ग्रहण गरेपछि संवाददाताहरुसँग बोल्दै पूर्वराजाले देशमा अमन चयनका लागि आफूले कामना गरेको बताउनु भयो । ‘दीपावलीमा सबैले प्राथना गरेका होलान् मैले पनि प्राथना गरेको छु, धन हुनेलाई मन मिलोस्, मन हुनेलाई नेपालीपन मिलोस्’ ज्ञानेन्द्रले संवाददाहरुसँग भन्नुभयो ।