सिन्धुली, चैत २५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले पार्टी कमिटीलाई बिधिसम्मत ढंगले सञ्चालन गर्न जरुरी भएको बताउनु भएको छ ।
नेकपा एमाले सिन्धुलीको पाँचौं सचिवालय बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै उहाँले सो कुरा बताउनुभएको हो । बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बूढो हुने, नेकपा एमालेले बोकेको बिचार जनताको बहुदलीय जनबादकै आधारमा नेपाल अगाडि बढेको उल्लेख गर्नुभयो ।
एमालेले जानीजानी समाजलाई घाटा नहुने काम कहिल्यै नगरेको र गलत गर्नेलाई बचाउनेगरी पार्टी कहिल्यै नलाग्ने प्रष्ट पार्नुभयो ।एमाले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुनेगरी नीति बनाउने बताउँदै नेता भट्टराईले, एमालेका नेता-कार्यकर्तालाई जनताबाट टाढा नबस्न पनि निर्देशन दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज मनोज जंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रुपमा संचालन भइरहेको बताउँदै पार्टी कमिटीका नेता कार्यकर्तालाई अभियानमा अझ जुझारु ढंगले लाग्न निर्देशन दिनुभयो ।
नेकपा एमालेकै कारण सुनकोशी मरिण ड्राइभर्सन आयोजना , मदन भण्डारी , पुस्पलाल लोकमार्ग निर्माण भएको र त्यसैका आधारमा आज जिल्लाको समग्र बिकासमा एमालेले नेतृत्व गरिरहेको प्रष्ट पार्नुभयो ।
आज सम्पन्न बैठकले पार्टी सदस्यता नवीकरण, बिस्तारका लागि तिब्रतम ढंगले लाग्ने, जरा केन्द्रित अभियानको समिक्षा, बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम लगायतका निर्णय गरेको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकलाई उपाध्यक्ष कर्ण घिसिङले स्वागत र सचिव नवराज थिङले सञ्चालन गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरु गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजंग राई, उमा कोइराला, सुवास देवकोटा र निरु दर्लामी सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्