जनता टाइम्स

२७ चैत्र २०८१, बुधबार १७:०५

तीनकुनेको आगजनी र लुटपाटको घटनामा संलग्न थप २ जना पक्राउ


काठमाडौं, चैत २७। तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका ५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ४ निवासी ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठद्वयविरुद्ध आपराधी उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ । उनीहरूसँगै तीनकुनेको आपराधिक घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेको संख्या ७५ पुगेको छ ।

गत चैत १५ गते आयोजना गरिएको भनिएको राजावादीको आन्दोलनमा उपत्यकामा आगजनी, लुटपाट र डकैतीका घटना भएका थिए भने दुई जनाको ज्यान गएको छ ।

१५ चैतमा दुर्गा प्रसाईंले कमाण्ड गरेको राजावादी आन्दोदनमा दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्तिमा तोडफोड, आजगनी र लुटपाट समेत भएको थियो ।