जनता टाइम्स

२८ चैत्र २०८१, बिहीबार १९:३३

आन्दोलनको बहानामा तोडफोड-आगजनी र लुटपाट गर्ने थप ३ जना पक्राउ


काठमाडौं, चैत २८। गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनीहरूमाथि अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुले आन्दोलनको नाममा लुटपाट र आगजनी गरेको पाइएकोले पक्राउ गरिएको हो ।