जनता टाइम्स

४ बैशाख २०८२, बिहीबार १४:३२

एमाले मुख्यालय छेवैमा काठमाडौं महानगरले चलायो डोजर (फोटोफिचर)


काठमाडौं, बैशाख ४ । काठमाडौं महानगरपालिकाले नेकपा एमालेको मुख्यालय च्यासल अगाडि अनधिकृत संरचना बनाएको भन्दै डोजर चलाएको छ ।

बिहीबार नेकपा एमालेको पार्टी कार्यालयको विपरीत दिशामा बनाइएको दुइटा ग्यारेज र एउटा कबाडीमा महानगरले डोजर चलाएको हो ।

च्यासलका स्थानीयहरूले ग्यारेज र कबाडी कारखानाले आगलागी हुने डर र अर्कातर्फ नजिकै विद्यालय हुँदा प्रदूषणका कारण पठनपाठनमा अवरोध पुगेको भन्दै वडा नम्बर ३२ को कार्यालयमा निवेदन दिएपछि भत्काइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताउनु भयो ।