जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार ११:२४

कृष्णनगरमा फेरी तनाव, स्थानीय प्रशासनले लगायो अनिश्चितकालिन कर्फ्यू


कपिलबस्तु, कात्तिक १४

मुर्ति बिसर्जनको विषयलाई लिएर कृष्णनगरमा तनाव श्रृजना भएपछि कर्फ्यू आदेश जारी भएको छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।

विगतका वर्षहरुमा पनि सो क्षेत्रमा यस्तै तनाव हुने गरेको थियो । कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो। प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

यसअघि झडप नियन्त्रणमा लिन प्रहरीले चार दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा दश जना मानिस घाइते भएको बताइएको छ ।